फलोअपः गम्भीर घाइते भएका बुवाको पनि मृत्यु, न्याय माग्दै आफन्तद्वारा विरोध प्रदर्शन
कास्की | बैशाख १९, २०७९
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार कारले मोटरसाइकललाई ठक्कर दिदा गम्भीर घाइते भएका कुश्मा नगरपालिका ४ का ४५ वर्षिय जितबहादुर पुनको पनि मृत्यु भएको छ ।
आफन्तका अनुसार पुनको उपचारको क्रममा आज विहान ५ बजे अस्पतालमै मृत्यु भएको हो । यसअघि उनको छोरी १८ वर्षिया सविना पुनको मृत्यु भैसकेको थियो ।
कारको ठक्करबाट बुवा र छोरीले ज्यान गुमाएपछि आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् ।
उनीहरुले फरार रहेको कार चालक एन्जल बम मल्ललाई पक्राउ गरि कारवाही गर्नुपर्ने र मृतक परिवारले उचित क्षतिपूर्ती पाउनुपर्ने माग राखेका छन् । ‘अहिलेसम्म ड्राइभरलाई नल्याउने, धर्नामा संलग्न एक आफन्तले भने, ‘कारको लापरवाहीकै कारण आज हाम्रो मान्छेले ज्यान गुमाउनु पर्याे । भोली सबैलाई पर्ने कुरा हो । दोषीलाई कडा भन्दा कडा कारवाही नभएसम्म हामी प्रर्दशन गरिरहन्छौ ।’
अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीसँग मृतक परिवार र आफन्तहरुले वार्ता गरिरहेका छन् । मृतक परिवारले फरार रहेका कार चालक मल्ललाई पक्राउ गरि कारवाही नगरेसम्म मृतक परिवारले शव नबुझ्ने अडान लिएका छन् ।

पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कार चालकका दाई र बुवा कास्की प्रहरीको सम्पर्कमा आएपनि चालक मल्ल भने फरार छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

